नेकपाद्वारा बुढीगण्डकीको सम्झौता रद्ध गर्न दवाव (अपिल समेत)

Avatar photo
Dhadingpost
पुस ३, २०७५

धादिङ पुस ३ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा धादिङ र गोरखाले बुढीगण्डकी जलविद्युत परियोजना निमार्ण सम्झौता खारेज गर्न एक अपिल गर्दै दवाव दिएको छ ।

राष्ट्रिय हित विपरित नीतिगत भ्रष्टाचार र आर्थिक अपराधको सशक्त प्रतिकार गर्ने जनाउँदै नेकपाले बैदेशिक लगानी र ठक्का प्रक्रिया तत्काल खारेज गर्न अपिल गर्दै विज्ञप्ती मार्फत दवाव दिएको हो ।

अपिलमा भनिएको छ- इपीसी मोडलमा नगई सिधै इपीसीएफ मोडलमा सौझौता गरिएको जुन मोडेलले पुनः इन्जिनियरिङ गर्ने माग गर्दछ । जवकी परियोजनाको टेण्डर डकुमेन्ट समेत भैसकेको छ यो मोडेलले सम्पन्न काममा फर्जी खर्च खडा गरेर ठुलो रकम भ्रष्टचार गर्ने नियतहरु देखिन्छ । अर्को तिर विश्व कम भ्रष्टाचार हुने भनिएको ग्लोवल टेण्डर प्रक्रियालाई नजर अन्दाज गर्दै सिर्धै एउटा नीजि कम्पनीलाई विना प्रतिस्पर्धा परियोजना दिँदा एक त लागत बढ्ने अर्को खमिशनको खेल हुने सहजै बुझ्न सकिन्छ ।

अपिल जस्ताको तस्तै: