म्हेन्दोमाया फुटसल प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
पुस ३, २०७५

धादिङ पुस ३ । म्हेन्दोमायाको व्यापक चर्चा परिचर्चाका लागि म्हेन्दोमाया कलाकार हरुले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

कहिले ज्यान घातक रोग मृगौला पीडित, कहिले ब्लड क्यान्सर जस्ता रोगिहरुलाई सहयोग कार्यक्रम गर्दै उपचारमा सहयो गर्दै आएको छ भने कहिले मनोरञ्जनत्माक म्हेन्दोमाया कार्यक्रमहरु गर्दै आइरहेको देखिन्छ । यस पटक भने प्रथम म्हेन्दोमाया फुटसल कपको कार्यक्रम गरिएको थियो ।

उक्त उक्त फुटसल प्रतियोगितामा म्हेन्दोमाया गित संगीत लाई बजारमा ल्याउनका लागि तामाङ मिडिया पार्टनर अर्थात म्युजिक कम्पनीहरुको सहभागी टिमहरु सहभागि रहेका थिए । जम्बुलिङ फिल्मस प्रा लि, ल्हाप्साङ कर्पो म्युजिक सेन्टर, कर्स्योल मिडिया, रस प्रोडक्सन, पाटो म्हेन्दो, ल्हाल्हुङ मिडिया, बर्लु म्हेन्दो र रुबि भ्यालीको सहभागीता रहेको थियो ।

आयोजक म्हेन्दोमाया कलाकार संघ नेपालले अयोजना गरिएको यस फुट्सल कप पाटो म्हेन्दोले उपाधि हात पा¥यो भने जम्बुलिङ्स फिल्म प्रा लि दोस्रो, रुबि भ्याली तेस्रो सन्त्ववान्ना ल्हा ल्हुङ मिडिया भए । उक्त बिजेता टिमहरुलाइ म्हेन्दोमाया संरक्षक मर्नेन वाइबा र जोङ्बा कान्छा तामाङले शिल्ड प्रमाण पत्र मेडल र नगद प्रदान गरेको सन्दिप स्याम्चेन तामाङले बताए ।