धादिङ ज्यामरुङका शंकर धमलाले जिते स्वार्ण पदक

Avatar photo
Dhadingpost
पुस २, २०७५

धादिङ पुस २ । धादिङ नीलकण्ठ नगरपालिका स्थित ज्यामरुङका शंकर धमलाले चीनको स्वशासित क्षेत्र हङकङमा (स्वर्ण पदक) जितेका छन् ।

हङकङ मुई थाई च्याम्पियन सिप बक्सिङ खेलमा नेपालको प्रतिनीधित्व गर्दै धादिङ ज्यामरूङका नेपाली खेलाडी शंकर धमलाले गोल्ड मेडल (स्वर्ण पदक) जितेका हुन् ।

६७ के जी समूहमा प्रतिद्वन्द्वी हंगकंगका लिन का किटलाई ३ नै सेटमा हराउँदै स्वर्ण पदक जित्न सफल भएका धमला वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत छन् ।

वैदेशिक रोजगारमा रहेरका उनी आराम गर्ने समयमा निरन्तर खेलमा प्राक्टिस गर्ने गर्दथे धमलाले स्वर्ण पदक जिते सँगै मकाउमा रहेका नेपालीहरुले खुसीयाली मनाएका छन् ।

प्रवासमा खेललाई आत्मसात् गर्दै कडा मेहनत र परिश्रम गरी आजको यो स्वर्णिम दिनमा विजय हासिल गर्दा आफूलाई एकदमै गौरवन्धित ठानेको शंकर बताउँ छन् । यो जित सँगै खेलजीवनले झनै उर्जा थपिएको बताउँदै शंकर भन्छन् हामी विदेश रहेर के भो र मन त नेपाल मै छ ।

नेपाली झन्डा फहराउँदै मेडल लगाउँदा आफूलाई अझै साहस बढेको छ, अझ मेनत गर्ने हौसला जागृत भएको बताउँदै स्वर्ण पदक सिवजेता शंकर धमलाले गृह जिल्ला धादिङ, नेपाल र हंङ्कङमा रहेर आफ्नो खेलको सफलतामा चासो राख्ने सबैलाई धन्यावाद ज्ञापन गरेका मकाउबाट प्रजुन अधिकारीले धादिङपोष्टलाई बताए ।