
धादिङ मंसिर २५ । धादिङको नीलकण्ठ नगरपालिका मुरलीभञ्ज्याङका पत्रकार ध्रुर्व लम्साल राजधानी डेलीडटकम (www.rajdhanidaily.com) को सम्पादकमा नियुक्त भएका छन् ।
पत्रिका बाड््ने हकरको कामबाट पत्रकारितामा प्रवेस गरेका लम्सालले पत्रकारिताको २० वर्षे अनुभव पछि बल्ल राजधानी डेली डटकमको सम्पादकको जिम्मेवारी पाएका हुन् ।
काठमाडौबाट प्रकाशित हुने महानगर पत्रिका वेच्दै पत्रकारिता क्षेत्रका प्रवेस गरेका लम्सालले ‘माहनगर, कान्तिपुर, दृष्टि, विमर्श बेच्न सडक सडक पुग्थे ।
०६४ सालबाट राजधानी दैनिक प्रवेस गरेका उनी विस्तारै कलम चलाउने यात्रामा लागे । हकरबाट पत्रकारितामा आएका उनी नेपाल पत्रकार महासंघ जस्तो गरिमामयी संस्थाको सचिवको सचिव समेत बने । विभिन्न सम्मान र पुरस्कार थापि सकेका ध्रुव लम्साल पत्रकारितामा चिनिएको अब्बल नाम हो ।
