धादिङ मंसिर २२। धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा मंसिर १४ गते देखि सुरु भएकाे धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला समापन गर्न नेपाली काँग्रेसका नेता रामचन्द्र पाैडेल अाउने भएका छन् ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक भव्य कार्यक्रमका बीच धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला २०७५ काे समापन अाईतबार (मंसिर २३ गते) नेेेेता पाैडेलले गर्ने अायाेजकले बताएकाे छ ।
धादिङ उद्योग वाणिज्य संघ दक्षिणी क्षेत्रको आयोजना तथा बेनिघाट रोराङको सहआयोजनामा सम्पन्न हुनलागेको उक्त मेलामा अायाेजकले साेचे अनुरुप फाईदा नभएपनि घाटा भने नलागेकाे बताईएकाे छ ।
