धादिङको त्रिपुरासुन्दरी मेलामा नारायणकाजी श्रेष्ठ आउने

Avatar photo
Dhadingpost
मंसिर २०, २०७५

धादिङ मंसिर २१ । धादिङ जिल्लाको धार्मिक, पर्यटन तथा साँस्कृतिक महत्व बोकेको त्रिपुरासुन्दरी मेलामा हुने साँस्कृतिक कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ आउने भएका छन् ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस मन्दिरको अनौठो मेलामा विगत केहि वर्ष पहिले देखि माओवादी केन्द्रले साँस्कृतिक कार्यक्रम गर्दै आएको थियो माओवादी केन्द्र र एमाले पुनरगठन भएपछिको यो पहिलो कार्यक्रममा नेता श्रेष्ठ प्रमुख अतिथिका रुपमा मंसिर २४ गते आउने आयोजकले बताएको छ ।

सदरमुकाम धादिङबेंसीबाट ४० किमी उत्तरतर्फ पर्ने सल्यानकोटको हटीयाको मन्दिरबाटबाट आगिन्चोकको हाँसेमा भएको मन्दिरमा ल्याई देवि भित्राउने जात्रा आगामी मंसिर २३ र २४ गते हुदैं छ ।

यस त्रिपुरासुन्दरी मेलाको अवसरमा शनिबार देखि आठौं त्रिपुरासुन्दरी कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको हुने भएको छ । प्रथम पुरस्कार राशी १ लाख रहेको उक्त फुटबल प्रतियोगिताको उद्घाटन भने नेकपा धादिङका नेता रामबहादुर भण्डारीले गर्ने आयोजक समितिका सदस्य युगल भण्डारीले बताए ।

धादिङको त्रिपुरासुन्दरी मेला मंसिर २३-२४ मा (जात्राको विशेषता सहित)

x