
धादिङ मंसिर १८ । धादिङबेसी सदरमुकार र आसपास क्षेत्र फैलिएको नीलकण्ठ नगरपालिकाले एकीकृत सहरी विकास योजना सार्वजनिक गरेको छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको एक विशेष समारोहका बीच जिल्ला समन्वय समिति धादिङका प्रमुख जगननाथ नेपालले नीलकण्ठको एकीकृत सहरी विकास योजना सार्वजनिक गरेका हुन् ।
नगरपालिकाका प्रमुख ढुङ्गानाले नीलकण्ठलाई स्मार्ट सिटिको रुपमा विकास गरिने बताउँदै आएका थिए त्यहि अनुरुप नगरपालिकाले ९ महिना लगाएर एकीकृत सहरी विकास योजना तय गरेको हो ।
नीलकण्ठको १४ वटै वडाको प्रत्यक्ष निरिक्षण गरी हुनसक्ने बिकासका सम्भावनाहरुको खोजि गरी वनााइएको योजना कार्यन्वन गर्न सवैपक्षलाइ अनुरोध गर्दै अव नीलकण्ठ नगरपालिकाका बस्तीहरु सुन्दर रहने, स्रोत र साधनले सम्पन्न रहने हुँदा नगरबासीहरुमा खुसीको दिन आएको प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख नेपालले बताए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले योजना कार्यन्वयन गरेर नीलकण्ठ नगरपालिकालाई बिकासको कार्यमा अगाडी बढाउने कुरामा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
