धादिङ तरुण दलले ज्ञापन पत्र वुझायो

Avatar photo
Dhadingpost
मंसिर १७, २०७५

धादिङ मंसिर १७ । नेपाली कांग्रेसको भातृ संगठन धादिङ तरुणदलले स्थानीय प्रशाासन मार्फत नेपाल सरकारलाई विरोध तथा स्मरण पत्र वुझाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति रमेश धमला र उपसभापति भक्त लामा सहित जिल्ला स्थित तरुण दलका उपाध्यक्ष राधाकृष्ण भण्डारीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय मार्फत सरकारलाई ५ वुदें ज्ञापन पत्र बुझाएको हो ।

तरुण दलले स्थानीय प्रशाासन मार्फत नेपाल सरकारलाई पठाएको ज्ञापन पत्रमा महेन्द्र नगरमा वलात्कार पछि हत्या गरिएकी वालिका निर्मला पन्तको हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउनु पर्ने, दशैं तिहार लगायतका सांस्कृतिक पर्वमा दैनिक उपभोग्य वस्तु, लगायत निर्माण सामाग्रीको चरम मुल्यवृद्धि भए पनि सरकारले वेवास्ता गरेकोले मुल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने, हरेक स्थानीय निकाय र सरकारी कार्यालयमा भएको व्यापक भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, हाल चर्चामा रहेको नेपाल वायु सेवा निगममा वाईडवडी विमान खरिद मा गरिएको घाटालाको निस्पक्ष छानविन र अपराधीलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने, राष्ट्रपतीका लागी खरिद गर्न लागिएको १८ करोडका गाडीहरु खरिद प्रकृय रोक्नु पर्ने उल्लेख छ ।