डुन्डेरे पुल–गर्स्योङ सम्म बन्यो मोटरबाटो

Avatar photo
Dhadingpost
मंसिर १७, २०७५

सन्दिप स्याम्चेन तामाङ
धादिङ मंसिर १७ ।
धादिङ जिल्लाको उत्तरी क्षेत्रको खानियाबास गाउँपालिका वडा नम्बर १ र २ अन्तरगत डुन्डेरे पुल देखि खानियाबास १ गर्स्योङ सम्म साढे ८ किलो मिटर माेटर बाटाे निमार्ण कार्य सकिएको छ ।

डुन्डेरे पुल देखि खानियाबास १ गर्स्योङ सम्म ४५ लाख लागतमा निर्माण गरिएको मोटरबाटो सोमबार उद्घाटन गरिए सँगै यातायतका साधनहरु सुचारु भएका छन् ।

डुन्डेरे पुल देखि मोटरबाटो नहुँदा गर्स्योङका स्थानियहरु मर्काका थिए । मोटरबाटो निमार्ण कार्य सम्पन्न भए सँगै उनीहरुले खुसीयाली मनाएका छन् ।

गाउँपालिका प्रमुख रण बहादुर तामाङको अध्यक्षता सम्पन्न उक्त सडक उद्घाटन कार्यक्रममा उपप्रमुख यााे माया तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष बुद्दी तामाङ, वडा नम्बर २ का वडा अध्यक्ष टेक बहादुर तामाङ, विभिन्न राजनीतिक दलका नेता, प्रहरी पोस्ट डुन्डुरेका प्रहरी सहायक निरीक्षक मनोज कुमार चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी एवम् कार्यक्रमका अध्यक्ष गाउँपालिका प्रमुख तामाङले खानियाबास गाउँपालिकाका प्रत्येक वडा र टोल टोल मा सडक बिस्तार साथै बिजुली बत्ती पहिलो प्राथमिकता हुने बताएका थिए ।