एसईई चैत्र १० बाट (परिक्षा तालिका सहित)

Avatar photo
Dhadingpost
मंसिर १६, २०७५

धादिङ मंसिर १६ । यस वर्षको एसइई परिक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

बोर्डले एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आगामी चैत १० गते आइतबार देखि २१ गते बिहीबार परिक्षा संचालन हुने बताएको हो ।
बोर्डका अनुसार आगामी चैत १० अनिवार्य अङ्ग्रेजी र ११ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । त्यस्तै चैत १२ गते बिदा, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृति, व्याकरण र संस्कृतिको परीक्षा छ ।

चैत १५ गते अनिवार्य सामाजिक अध्ययन र प्राविधिक धारको विषय, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, अनिवार्य संस्कृत भाषा र प्राविधिक धारतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ ।

त्यस्तै चैत १७ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक प्रथम पत्रका सबै विषय, वेद तथा नीतिशास्त्र र प्राविधिकतर्फको ऐच्छिक गणित, १८ गते साधारण तथा संस्कृतितर्फका ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिकतर्फका विभिन्न विषय, १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछ ।