
धादिङबेसी मंसिर १६ । धादिङबेसीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा ले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको पक्षमा विरोध प्रदर्शन गरेको छ ।
धादिङबेसी बीचबजार चोकमा भएको निर्मला पन्त हत्याको विरोध प्रदर्शनमा नेकपा धादिङका नेताहरुले सम्बोधन गरेका थिए ।
दिउँसो १२ बजे बीचबजार चोकमा जम्मा भएका नेकपा कार्यकर्ताहरुले यो सत्ताका मतियारहरुकै कारण आम नेपालीहरु असुरक्षित बन्दै गएको बताएका थिए । नेता अटलले प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै हरेक नागरीक भयरहित बातावरणमा हिड्डुल गर्न नसक्ने अवस्थामा पुगेको भन्दै यो सत्ता र व्यवस्थाबाट जनताको अधिकार सुनिश्चित नहुने बताएका थिए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकार विरोधीको आलोचना बढी रहेको बेला नेता अटलले अब सरकारका मान्छेहरुबाटै हत्या भएको जिकिर गर्दै हत्यारा पत्ता लगाउन नेकपाले घटनाको अनुसन्धान सुरुगरेको समेत बताएका थिए ।
