गोपाल गोले र बीरेन्द्रको गुरुङको नयाँ म्यूजिक भिडियो आउँदै

Avatar photo
Dhadingpost
मंसिर १३, २०७५

धादिङ मंसिर १३ । नेपालका वरिष्ठ सेलो गीतकार गोपाल गोले र धादिङको पहिलो आधुनिक गायक तथा सङीतकार बिरेन्द्र गुरुङको नयाँ गीतको म्युजिक भिडियो बजारमा आउँदै ।

आउँदो शुक्रबार सार्वजनिक हुन लागेको
ज्यानै दिन्छु भन्ने पायो होला धेरै ।
मन खाने जस्तो हुदैन रहेछ ।
माया गर्ने पनि पायो होला धेरै
माया लाग्ने जस्तो हुदैन रहेछ
भन्ने बोल रहेको गीतको उक्त म्यूजिक भिडियोको निर्देशन धादिङ कै दिपेन्द्र तिमल्सेनाले गरेका छन् ।

नेपाली आधुनिक क्षेत्रमा निकै प्रभाव जमाएका धादिङका विरेन्द्र गुरुङ र वरिष्ठ सेलो गीतकार गोपाल गोलेको यो पछिल्लो म्यूजिक भिडियोमा निरञ्जली लामा र हिरोका लामाले मोडलिङ गरेका छन् ।