
धादिङ मंसिर १३ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीको प्राङ्गणमा आगामी शनिबार (मंसिर १५ गते) हुन लागेको लिःल फङ् (घले समाज) केन्द्रिय युवा तथा बिद्यार्थी बिभाग धादिङ जिल्ला समिति गठनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।
लिःल फङ् (घले समाज) केन्द्रिय समिति, कलाकार बिभाग समिति, महिला बिभाग, विद्यार्थी बिभाग, अन्तर्राष्ट्रिय बिभागका पदाधीकारी तथा सदस्यहरुको आतिथ्यता रहने कार्यक्रममा ५०० भन्दा बढी घले युवा तथा विद्यार्थीहरु उपस्थित रहने लिःल फङ् (घले समाज) युएईका अध्यक्ष नरबहादुर घलेले बताए ।
संम्पूर्ण लिःल (घले) युवा एक हौ । भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको उक्त कार्यक्रममा सम्पूर्ण धादिङबासी घले युवा तथा विद्यार्थीहरुलाई उपस्थित हुन समेत अध्यक्ष नरबहादुर घलेले आव्हान गरेका छन् ।
