विश्वलाई नै चकित पार्दै फर्किए अल्ट्रा रेस खेलाडी

Avatar photo
Dhadingpost
मंसिर १२, २०७५

धादिङ मंसिर १२ । हङ्कङमा भएको १०० किलो मिटरको अल्ट्रा दौड प्रतियोगितामा विश्वलाई नै चकित पार्दै नेपाली खेलाडीहरु स्वदेश फिर्ता भएका छन् ।

नेपाल जस्तो सानो र आर्थिक हिसावले विपन्न मुलुकबाट पनि १०० किलोमिटर अल्ट्रा दौडमा उत्कृष्ट प्रदर्शन गर्दा विश्व नै चकित नहुने त कुरै भएन साथमा नेपालको शिर उच्च पार्दै खेलाडीहरु मंगलबार साँझ स्वदेश फिर्ता भएका हुन् ।

१६ नोभेम्बर २०१८ हङकङमा भएको OXFAM TRAILWALKER RACE १०० किलोमिटरको अल्ट्रा दौड प्रतियोगितामा नेपाली महिला टिमले १६ घण्टा ३० मिनेटमा दुरी पार गरि दोर्स्रो स्थान जित हात पारेको थियो । गत वर्ष महिला तर्फको च्याम्पियन चिनियाँ महिलाहरुको टिमले १०० किलोमिटरको निर्धारित दुरी १८ घन्टा १३ मिनेटमा पार गरी प्रथम भएका थिए । सो समय भन्दा १ घण्टा ४७ मिनेटले अघिको समय हो ञ् प्रत्येक देशबाट ४ जनाको एक टिम रहेको प्रतियोगितामा चार जनाले नै दुरी पार गर्नु पर्ने हुन्छ ।

म्याक्लेहोज ट्रैल विश्वमा चुनौतीपूर्ण कठीन रेस मानिन्छ सो १०० किलोमिटर छिचोल्नु कुनै ठट्टा हैन, मानसिक रुपमा समेत सक्छु भन्ने आत्मविश्वास, कठिनरुपमा लामो तालिम साथ शारीरिक रुपमा बलियो चाहिन्छ । यस प्रतियोगितामा जुम्लाकी सुनमाया बुढा क्षेत्रि, धादिंगकी रशिला तामांग, सोलुखुम्बुकी छेची शेर्पा राई, ओखलडुंगाकी छोकी शेर्पा, सहभागी थिए ।

यस्तै २४ नोभेम्बर FTGR SUMMITS TRAIL CHALLENGE 2018 को ५० किलो मिटर प्रतियोगितामा प्युठानकी हुमि बुढा मगरले ७ घण्टा ८ मिनेटमा दुरी पार गर्दै प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भए । हङकङको खेलाडीले ७ घण्टा ११ मिनेटमा दुरी पार गरि रजत र जापानको खेलाडीले ७ घण्टा ५५ मिनेटमा दुरी पार गरि काश्य पदक जित्न सफल भएका थिए हुमिले २१ जुलाईमा जापानमा हुने प्रतियोगितामा सहभागी हुने अवसर पनि प्राप्त गरेका छन् । प्रसिद्ध धाविका मिरा राईको नेतृत्वमा मिरा राई इनिसियटिभू र Exchange & Empowe को सहयोगमा प्रतियोगितामा सहभागी हुन खेलाडीहरु हङकङ गएका थिए बालाजु कराते-डो प्रतिस्ठान, नेपालका अध्यक्ष ध्रुब बिक्रम मल्लले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

सय किलो मिटर दौडमा नेपाल दोस्रो (भिडियो समेत)

धादिङकी रसिला अल्ट्रा दौडको लागि हङ्कङ प्रस्थान