
धादिङ मंसिर ११ । गैर सरकारी संस्था महासंघ धादिङको छैटौं जिल्ला अधिवेसन सम्पन्न सँगै विवाद चुलिएको छ ।
धादिङका १०५ वटा गैर सरकारी सस्थाहरु आवद्ध रहेको गैर सरकारी संस्था महासंघको सोमबार भएको छैटौं जिल्ला अधिबेसनबाट सचिव चुनिएकी अधिकारकर्मी राधिका सापकोटाले आफु सचिव पदमा नरहेको बताएकी छिन् ।
अध्यक्षलाई लाई लेखेको राजीनामा पत्र अधिकार कर्मीको रुपमा परिचित राधिका सापकोटाले आफ्नो फेसबुकबाट सार्वजनिक गरे सँगै विवाद चुलिएको हो ।
अध्यक्षलाई पत्र लेख्दै अधिकारकर्मी सापकोटाले विचार सिद्धान्त र मुल्य मान्यतालाई कुल्चदै निष्कृष्ट ढंगले नेतृत्वको निर्णयलाई अपहेलना गर्दै बनेको उक्त कार्यसमितिमा नैतिकताको आधारमा काम गर्न नसक्ने बताएकी छिन् ।
गैसस महासंघको अधिवेशन तथा तेह्रौ वार्षिक साधारणसभाले एकराज छत्कुली अध्यक्ष रहने गरी उपाध्यक्षमा उषा बिक, सचिवमा राधिका सापकोटा, सहसचिवमा शालिकग्राम दुवाडी, कोषाध्यक्षमा शेरबहादुर तामाङ र सदस्यहरु दिपककुमार कडेंल, डिपी सिम्खडा, रामबहादुर नेपाली, गंगा सुवेदी, भगवती उप्रेती, धुव्रकुमार श्रेष्ठ निर्वाचित भएका थिए ।
सचिव राधिका सापकोटाको राजीनामा पत्र

