
धादिङ मंसिर १० । धादिङ लगायत देशभर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरुभएको छ ।
धादिङबेसी सदरमुकाममा पनि यस अभियानको अवसरमा दिप प्रज्वलन तथा र्यालीको आयोजना गरिएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ अभियानका बारे पुर्व मन्त्री एवम् नयाँ शक्तिकी नेतृ कल्पना धमलाले नेपालमा यो अभियान नाफाका लागि, चाडपर्वको रुपमा कर्मकाण्ड पुरा गरे जस्तो भएको बताएकी छिन् ।
पुर्व मन्त्री धमलाले लैङ्गिक हिंसा बिरुद्धको दिवसको अवसरमा आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै भन्छिन्, हिजोआज १६ दिने अभियानको धुमधडका फोटो प्रचार देखिन्छ । नाफा र पुर्बाग्रही सोचको साघुरो घेरा चल्ने होइन कसरी प्रभावकारी हुनसक्छ भन्ने सोच हुनुपर्छ ।
धमलाले आफ्नो फेसबुकमा पोष्ट गर्दै १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियान हो । यो अभियानले हिंसा नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको देखिन्छ । तर नेपालमा यो अभियानले कुनै प्रभाब पार्न नसकेको दानी गरेकी छिन् ।

