एजेन्सी, मंसिर ९ । एसियामा समलिङ्गि विवाहलाई मान्यता दिने पहिलो मुलुक बन्ने ताईवानको योजना तत्काललाई विफल भएको बीबीसीले उल्लेख गरेको छ ।
समलिङ्गी विवाहलाई मान्यता दिने सरकारी प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
सन् २०१७ मा ताईवानको सर्वोच्च अदालतले समलिङ्गि विवाहलाई मान्यता दिन संसदलाई निर्देशन दिएको थियो । सर्वोच्चले संसदलाई समलिङ्गि विवाहलाई मान्यता दिन दुई वर्षेको अवधि प्रदान गरेको छ ।
सन् २०१६ मा राष्ट्रपति साईले सत्ता सम्हालेयता चीन सँग ताईवानको सम्बन्ध विग्रिएको छ । सन् १९९२ मा एक चीन नीति प्रति सहमती जनाएको ताईवानसँगको सम्झौतालाई मान्यता नदिने राष्ट्रपतिको निर्णयका कारण चीन सँगको सम्बन्ध चिसिएको छ । जसको नतिजा चुनावमा देपिखएको बिश्लेषण गरिएको छ ।
जनमतसङ्ग्रह सँगै भएको स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टी पराजित भएपछि राष्ट्रपति साई ईङ्ग वेनले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले सन् २०१४ मा जितेको १३ वटा शहर र गाउँमा यसपटक पराजित भएको बीबीसीले उल्लेख गरेको छ ।
