
धादिङबेसी मंसिर ९ । धादिङबेसी सदरमुकामलाई लक्ष्यित गरी नीलकण्ठ नगरपालिकाले ४ लाख लिटर क्षेमताको पानी ट्याङ्की निमार्ण गरेको छ ।
धादिङबेसी सदरमुकाममा देखिएको खानेपानी अभावलाई नयूनिकरण गर्न नीलकण्ठ नगरपालिकाको वडा नं ३ डाँडागाउँमा ४ लाख लिटर क्षमताको २ वटा रिजरभ्वाएर ट्याङकी बनाएको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले बताए ।
अहिले निमार्ण गरिएको ट्याङकी नजिकै यस अघि नै साढे ३ लाख लिटर क्षमताको २ वटा ट्याङकी रहेको र अव ४ लाख लिटर थप भएपछि सदरमुकाम बासीलाई खानेपानीको समस्य नरहने समेत प्रमुख ढुङ्गानाले बताए ।
नीलकण्ठ नगरपालिकाको अनुदान सहयोगमा निर्मित ट्याङकी एक समारोहका बीच नगर प्रमुख ढुङगानाले उद्घाटन गरि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाइ हस्तान्तरण गरेका छन् ।
नगरपालिकाको ४७ लाख ४५ हजार १ सय २५ रुपैया अनुदान सहयोगमा निमार्ण गरिएको उक्त पानी ट्याङ्की गरिवि कन्सट्रक्सन प्रालिले २०७४ पुस १६ गते निर्माण कार्य सक्ने गरि ठेक्का पारेको थियो ।

