धादिङ सिद्धलेकका विष्णुलाल श्रेष्ठलाई अवार्ड प्रदान

Avatar photo
Dhadingpost
मंसिर ८, २०७५

धादिङ मंसिर ८ । धादिङ सिद्धलेक गाउँपालिका नलाङका विष्णुलाल श्रेष्ठलाई सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्केफ) अवार्डद्वारा सम्मानित गरेको छ ।

आर्थिक अभावमा लेभर काम गर्दै इन्जिनियरिङ कोर्ष पुरा गरेका आर्किटेक्ट विष्णुलाललाई नगद ७५ हजार सहित स्केफले अवार्ड प्रदान गरेको हो

साइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्केफ) ले आफ्नो २८ औँ वार्षिक उत्सवमा ६ जना महिला र २ जना पुरुष इन्जिनयर तथा आर्किटेक्टलाई अवार्ड प्रदान गरेको थियो ।