धादिङ मंसिर ८ । धादिङको कृषि, पर्यटन तथा औद्योगिक महोत्सव उद्घाटन गर्न पूर्व प्रधान मन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् ।
“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका मंसिर १४ गते देखि २३ गते सम्म धादिङको चरौंदीमा हुन गहिरहेको महोत्सव उद्घाटन गर्न प्रचण्ड आउने पक्का भएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले बताएका हुन् ।
धादिङबेसीमा शनिबार साँझ भएको पत्रकार छलफलमा अध्यक्ष दुवाडीले धादिङ प्रतिष्ठा सँग जोडिएको महोत्सव भएकोले नेपालका पूर्व प्रधानमन्त्री आउने कार्यक्रममा प्रचार-प्रसार गरिदिन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा धादिङका संविधान सभाका सदस्य एवम् पूर्व सांसद गुरु बुर्लाकोटीले धादिङ उद्योग वाणिज्य संघ सबै व्यवसायीहरुको साझा फोरम भएकोले यस महोत्सव सम्पन्न गर्न सबै लाग्नु पर्ने बताएका थिए ।
मेलाका मुख्य आर्कषणहरु
– कृषि प्रदर्शनी
– साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
– विविध साँस्कृतिक प्रदर्शनी
– त्रिशुली नदीमा ¥याफेटिङ तथा पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
– स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
– हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
– राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
– खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री
– जडिवुटीको तथा वनजन्य वस्तुको प्रदर्शनी, विक्री तथा जानकारी
– आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
– इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री्सूचना प्रविधी सम्बन्धी जानकारी
– अटोमोवाईल्सको प्रदर्शनी तथा विक्री वितरण
– रमाईलो मेला्वाल उद्यान

