एड्भान्समा प्री-प्राईमरी फेस्टिबल सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर ७, २०७५

अमृत तामाङ
धादिङ मंसिर ७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा प्री-प्राईमरी फेस्टिबल मनाइएकाे छ ।

प्रत्येक बर्ष यस विद्यालयले मनाउँँदै अाएकाे प्री-प्राईमरी फेस्टिबमा प्ले ग्रुप देखि नर्सरी सम्मका सना साना नानिबाबुहरुले नाँच र खेलको माध्यमबाट प्रातिभार उजागर गर्ने गर्छन् ।

अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रम सबै नानिबाबुहरुले आफ्ना अभिभावकलाई नृत्य देखाइ मनोरन्जन प्रदान गरेकाे विद्यालयका एसाेसिएट प्रिन्सिपल भिम श्रेष्ठले बताए ।

कक्षा नर्सरी, एल. के. जि. र यु.के.जि. मा अध्ययन गर्ने नानिबाबुहरुको अभिभवाक सहितको उपस्थितिमा वनभोज, खेलकुद, सास्कृतिक कार्यक्रम एवम् सिकाई अभ्यास सहितको पुर्व प्राथमिक पर्व मनाईएकाे श्रेष्ठले बताए ।