धादिङ बोर्डिङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर ७, २०७५

सञ्जय देवकोटा ।
धादिङ मंसिर ७ । धादिङ आवासीय माध्यमिक विद्यालयमा अतिरिक्त कृयाकलाप अन्तरगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्राथमिक र माध्यमिक तहको छुट्टा छ्ट्टै चरणमा आयोजना गरिएको प्रतियोगितामा करिब ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्राथमिक तहमा मेरो देश शीर्षकमा करिब ३० जना विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

जसमध्ये कक्षा २ का छात्र सार्थक सापकोटा प्रथम, कक्षा ४ की छात्रा समिक्षा घले द्धितीय, कक्षा ४ कै छात्र उज्ज्वल दुवाडी तृतीय र कक्षा २ की छात्रा वर्षा श्रेष्ठ सान्त्वना हुन सफल भएका थिए ।

यसैगरी देश निर्माणमा विद्यार्थीको भूमिका शीर्षक रहेको माध्यमिक तहमा करिब २० जना विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । जसमा कक्षा ९ मा अध्ययनरत विशाल लम्साल प्रथम, कक्षा ९ कै अनिश भट्ट द्धितीय, कक्षा ९ बाटै कोइसन भण्डारी तृतीय र कक्षा ८ मा अध्ययनरत आभाष दुवाडी सान्त्वना हुन सफल भएका थिए ।

स्कुल क्याप्टेन दिनेश श्रेष्ठको सभापतित्वमा आयोजित वक्तृत्व कला प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक हरि लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।