
विजय तामाङ
धादिङ मंसिर ७ । धादिङबेँसी स्थित एड्भान्स एकेडेमीले अायाेजना गरेकाे वादविवाद प्रतियाेगितामा ज्ञानीमाया तामाङ प्रथम भएकी छिन् ।
प्लस टुु संचालन गरेकाे दोस्रो वर्ष पार गरेकाे एड्भान्स एकेडेमीले शुक्रबार अायाेजना गरेकाे कक्षा ११ र १२ स्तरीय ‘इन्टरनेट अभिशाप कि वरदान भन्ने विषयको वादविवाद प्रतियोगितामा द्वितीय करुणा बसौला, तृतीय कविता नेपाली र सान्त्वना नवीना खनाल भएका हुन् ।

धादिङका विशिष्ट साहित्यिक व्यक्तित्व बद्रीप्रसाद दाहाल ‘भस्मासुर’को प्रमुख आतिथ्यता तथा विद्यालयका एसोसिएट प्रिन्सिपल भिम बहादुर श्रेष्ठको सभापतित्व रहेको उक्त कार्यक्रममा विजयी छात्राहरूलाई प्रमुख अतिथि र सभापतिद्वारा शिल्ड वितरण तथा प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट जी.पी.ए. ल्याउन सफल व्यवस्थापन र कानुन संकायका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
