बेइजिङ, मंसिर ६ । चीनले एउटा सानो आकारको मल्टी–रोटर ड्रोन विकास गरेको छ ।
यो ड्रोन ५ हजार मिटरको उचाइमा उडान भर्न सक्षम छ । चाइना हेलिकप्टर रिसर्च एन्ड डेभलपमेन्ट इन्सटिच्यूटले मंगलबार यो जानकारी दिएको हो ।
यो ड्रोको पंखामा राखिएको ब्लेड विशेष किसिमबाट तयार गरिएको छ । जसका कारण बिजुलीको खपत कम हुने गर्छ । अत्यन्त कम आवाज आउने यसको विशेषताका कारण यसलाई सीमामा गस्ती गर्न तथा आतंकवादको बिरुद्धमा अपरेसनका लागि प्रयोग गर्न सकिन्छ ।
ब्याट्रिबाट चल्ने यो सानो ड्रोन पिच कन्ट्रोल सिस्टमबाट चल्ने बताइएको छ । यसले मानव रहित वि मानको बजारमा अद्वितिय पहिचान दिएको छ । एक्स–एम–२० क्रेन नामक यो ड्रोनको वजन २० किलोग्राम रहेको छ । यो ड्रोनलाई उच्च भागमा उडान गर्नका लागि विशेष किसिमबाट डिजाइन गरिएको छ ।
यो ड्रोन हल्का किसिमको आधिको प्रतिरोध गर्नका लागि पनि सक्षम छ । यो उडानमा करिब १ घन्टाको समय लाग्न सक्ने बताइएको छ ।
