अन्तिम मिनेट जोगिन नसक्दा इटालीसँग अमेरिका पराजित

Avatar photo
Dhadingpost
मंसिर ५, २०७५

काठमाडौं, मंसिर ५ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अन्तिम मिनेट जोगिन नसक्दा इटालीसँग अमेरिका पराजित भएको छ ।

बुधबार विहान आफ्नै मैदानमा भएको खेलमा इटालीले अमेरिकालाई १(० गोलअन्तरले पराजित गर्दै आफ्नो साख जोगाएको छ । इटालीको जितमा माटेयो पोलिटानोले गोल गरे ।

खेलको अतिरिक्त समयमा पोलिटानोले गोल गर्दै इटालीलाई जित दिलाए । यता, अमेरिका भने बराबरी खेल्ने रणनीतिबाट भने विफल हुन पुग्यो ।
निकै कमजोर मानिएको अमेरिकासँग पनि इटालीले अन्तिम मिनेटमा मात्रै गोल गर्न सफल भयो ।

पहिलो हाफमा दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । इटालीले खेल अवधिभर पूरै बल नियन्त्रणमा राखेको थियो । तर एकपछि अर्को प्रहार गरेको इटालीले गोल गर्न भने सकेन ।