काबुलमा बम आक्रमण हुँदा ५० जनाको मृत्यु

Avatar photo
Dhadingpost
मंसिर ५, २०७५

काठमाडौं, मंसिर ५ । अफगानिस्तानको राजधानी काबुलमा एक धार्मिक सभामा आत्मघाती बम आक्रमणबाट ५० जनाको मृत्यु भएको छ ।

यसलाई पछिल्ला केही महिनायताको सबैभन्दा घातक हमला मानिएको छ ।

यो आक्रमणको तत्काल कुनै पनि संगठनले जिम्मा नलिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरुहका अनुसार पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा आक्रमण भएको हो । एक आत्मघाती आक्रमणकारी सो समारोहमा प्रवेश गरेर आफूले बोकेको बम विष्फोट गराएका थिए ।