धादिङ मंसिर ४ । धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा धादिङ कृषि तथा औद्योगिक मेलाको तयारी तिब्र पारिएको छ ।
धादिङ उद्योग वाणिज्य संघ दक्षिणी क्षेत्रिय समितिको आयोजना तथा बेनिघाट रोराङ गाउँपालिकाको सह आयोजनामा मंसिर १४ देखि २३ सम्म हुने मेलाको तयारीलाई तिब्र बनाईएको हो ।
तरकारी पकट क्षेत्रको रुपमा हेरिने साविकको धुषा गाविस स्थित चरौंदी र यस क्षेत्रको विकट चेपाङ बस्ती साथै छिमेकी जिल्ला गोरखाको सिमानामा हुने यस मेला विशेष हुने आयोजकले दावी गरेको छ ।
त्रिशुलीमा र्याफ्टीङ, हस्तकला प्रदर्शनी एवम् विक्रि, आदिवासी भेषभुषा, झाँकी, जडीबुटी प्रदर्शनी एवम् विक्रि, तरकारी प्रर्दशनी एवम् विक्रि, हरेक दिन राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको वेजोड प्रस्तुती मेलाको मुख्य आकर्षण हुने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले बताए ।
कुन कलाकार कति गते आउँदै ?

