
धादिङ मंसिर ३ । धादिङ कल्लेरीका सुवास खतिवडा सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्क एसिया प्यासिफिकको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
इण्डोनेिसयाको योग्याकार्तामा सम्पन्न चौथो सम्मेलनबाट आगामी कार्यकालका लागि सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) अध्यक्ष समेत रहेका खतिवडा अमार्क एसिया प्यासिफिकको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
चौथो सम्मेलनबाट अध्यक्षमा भारतका रामनाथ भाट, सह अध्यक्षमा थाइल्याण्डकि सुपिन्या, कोषाध्यक्षमा जापानका जुनिचि हिविनो, अन्तरराष्ट्रिय महिला सञ्जालको उपाध्यक्षमा भारतकि निम्मि चौहान, दक्षिण एसियाबाट उपाध्यक्षमा नेपालका सुवास खतिवडा र दक्षिणपूर्वी एिसयाबाट इण्डोनेसियाका सिनाम सुकार्नो विजयी भएका छन् । (तस्वीरः राजाराम शर्माको फेसबुकबाट)
