ल्होसर तयारी सुरु, देश विदेशबाट घलेहरु धादिङमा जम्मा हुँदै

Avatar photo
Dhadingpost
मंसिर ३, २०७५

धादिङ मंसिर ३ । लि:ल (घले) जातिको एेतिहासिक एवम् महान पर्ब लि:ल (घले) ल्होसर २०७५ को केन्द्रीय कार्यक्रम धादिङमा हुने भएको छ ।

खि ल्हो (कुकुर बर्ग) को बिदाई र फाह्ल्हो (मृग बर्ग) को आगमनको अवसरमा केन्द्रिय लि:ल फङ् (घले) सामाखुसी काठमान्डौको आयोजना र लि:ल फङ (घले समाज) अन्तर्राष्ट्रिय समन्वय समितिको प्रायोजनमा धादिङ्को सदरमुकाम धादिङबेसीमा बृहत सांस्कृतिक कार्यक्रमका साथ ल्होसार कार्यक्रम माघ १ गते हुन लागेको हो ।

लि:ल (घले) जातिको पहिचान बोकेको जिल्ला धादिङ भएकोले यस वर्षको कार्यक्रम धादिङबेसीमा आयोजना गर्न लागिएको लि:ल (घले) समाज यूएईका अध्यक्ष नरबहादुर घलेले धादिङपोष्टलाई बताए ।

ल्होसर यो बर्ष धादिङ्गमा किन ?

यो पनि बर्ष अन्य बर्षहरुमा जस्तै अन्य जिल्लाहरुमा जस्तै “लि:ल फङ्को अभियान लि:ल (घले) जातिको स्वाभिमान ” “संम्पुर्ण लि:ल (घले) जाति एक हौ ।” भन्ने मुल नाराका सा यो बर्ष लि:ल (घले) ल्होसर धादिङ्ग मै किन ?
– लि:ल (घले) जातिको बृहत जनसंख्या बसोबासीत पहिलो जिल्ला
– देशको राजधानीबाट नजिकको जिल्ला
– लि:ल (घले) समुदायको बाक्लो आबधी भएर पनि अझै आफ्नो मौलिक भाषा, संस्कृतिमा धादिङबासी लि:ल (घले) परिवार अनबिज्ञ हुनु
– धादिङ्ग जिल्लामा रहेका लि:ल (घले) परिवारलाई आफ्नो जातिय भाषा, संस्कृति र पहिचान प्रति दायित्व बोध गराउन
– धादिङ्ग जिल्लामा रहेका लि:ल (घले) परिवारको एकता गराउन
– राजमार्गको मुटुको जिल्ला बाट लि:ल (घले) जातिको जातिय पहिचानलाई सुनिश्चित गर्न सम्बन्धित निकायलाई दबाब दिन
– नेपाल अधिराज्य भरि छरीएर रहेका लि:ल (घले) परिवारलाई आफ्नो जातिय भाषा, धर्म, संस्कृतिको बिषयमा ध्यानाकर्षण गराउन
– संम्पुर्ण घले परिवारलाई एकताको सन्देश दिन

यस्तो धादिङबेसीमा हुने केन्द्र स्तरीयको ल्होसरको तयारी ?

बिगतको बर्षहरुमा भन्दा यो बर्ष केही छुट्टै र फरक ढङ्गले धादिङ्गमा ल्होसार लि:ल (घले) ल्होसर मनाईने भएको छ । भाषण र अन्य अनाबश्यक बिषय बस्तुहरुमा मा भन्दा यो बर्ष । लि:ल (घले) जातिको जातिय संस्कृतिलाई बिशेष महत्वका साथ प्रस्तुत गरीने छ । साथमा विविध किसिमको सांस्कृतिक तथा झांकी प्रदर्शन रहने छ ।

यस बर्ष पनि सदा झै लि:ल (घले) जातिको जातिय एकतालाई नै बिशेष जोड दिईने छ, भने लि:ल (घले) जातिको जातिय चिनारी तथा पहिचान झल्काउने विविध नृत्य तथा गित संङ्गितहरुको साथमा लि:ल (घले) ल्होसर यो बर्ष धादिङ्गको सदरमुकाम धादिङबेसीमा मनाईने छ ।

कुनकुन देश तथा जिल्लाबाट घलेहरुको सहभागिता रहनेछ ल्होसर धादिङ्गमा

सदा झै यस बर्ष पनि लि:ल (घले) ल्होसारमा बिभिन्न देशमा रोजगारीको शिलशिलामा रहेका लि:ल (घले) परिवारहरु लगायत स्थायी बसोबासमा गर्ने लि:ल (घले) परिवारको बिशेष उपस्थित रहने छ ।
भुटान, बेलायत, जापान, कतार, यु.ए.ई, मलेसिया, साउदी अरेबिया, बहराइन, बेल्जियम, इटाली, फ्रान्स, पोर्तुगल, अमेरिका, हङकङ, मकाउ

नेपालको निम्न ३६ वटै जिल्लाबाट

१)ईलाम, २)झापा, ३)मोरङ्, ४)सुनसरी, ५)संखुवासभा, ६)भोजपुर, ७)ओखलढुङ्गा, ८)सप्तरी, ९)सिन्धुलि, १०)दोलखा, ११)सिन्धुपाल्चोक, १२)काभ्रेपलाञ्चोक, १३)ललितपुर, १४)भक्तपुर, १५)काठमान्डौ, १६)नुवाकोट, १७)रसुवा, १८)धादिङ्ग
१९)मकवानपुर, २०)रौतहट, २१)बारा, २२)पर्सा, २३)चितवन, २४)गोर्खा, २५)लमजुङ्ग, २६)तनहुँ, २७)स्याङ्जा, २८)कास्की
२९)मनाङ्, ३०)बाग्लुङ्, ३१)नवलपरासी, ३२)रुपन्देही, ३३)रुकुम, ३४)बाँके, ३५)बर्दिया, ३६) कैलाली

लगायत जिल्लाहरुबाट ६-७ हजारको हाराहारीमा यस बर्ष धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गबेशिमा हुने लि:ल (घले) ल्होसर-२०७५ मा उपस्थिति रहने अनुमान आयोजकले गरेको छ । (फाइल फोटो)