कृष्ण राना मगर
धादिङ मंसिर ३ । धादिङको गंगाजमुना गाउँपालिका फुलखर्कको ढाडखर्क स्थित गणेश पर्वत श्रृङ्खलामा रहेको गंगाजमुना झर्नामा लागेको मेला सम्पन्न भएको छ ।
हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोली नुहाएर फर्कने गर्दछन ।
गंगाजमुना झरना २ हजार ८ सय मिटर उचार्इमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालु जम्मा हुने सभा क्षेत्रमा आइपुगेको छ । १ हजार ८ सय मिटर माथिबाट एकैपटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली खेल्दै मोतीका दाना झैँ टल्कदै गरेको दृश्य हर्न यस पटक पनि वाह्य तथा स्थानिय पर्यटकहरु घुईचो लाग्यो ।
मेलाको उद्घाटन प्रदेश नं. ३ का उद्योग तथा पर्यटन मन्त्री अरुण नेपालले गरेका थिए भने पूर्व सांसदहरु धन बहादुर घले, गुरु बुर्लाकोटी गङ्गाजमुना गाउँपालिका अध्यक्ष बल बहादुर अधिकारी त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष शम्भुकुमार थापा लगायत नेताहरुको आथित्यता रहेको थियो ।
मेलामा मन्त्री नेपालले मेलालाई सम्बोधन गर्दै यो पर्यटन क्षेत्रको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आईतबार रातभर चलेको साँस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरु मनमाया वाइवा, सीता लामा, रितु तामाङ, खेम जी राना, गीता सेन्चुरी, आसम्भ तामाङ, सागर बि सी र राकेश गुरुङ लगायतका कलाकारहरुले साँङ्गितिक प्रस्तुति राखेका थिए । फोटो कृष्ण राना मगर
जे देखियो फोटो







