सय किलो मिटर दौडमा नेपाल दोस्रो (भिडियो समेत)

Avatar photo
Dhadingpost
मंसिर १, २०७५

धादिङ  मंसिर १ । हङकङमा भएको OXFAM TRAILWALKER RACE  १०० किलो मिटरको दौडमा पुरुष टिम दोस्रो स्थान प्राप्त गरेको छ भने महिला टिमले गत वर्षको विजेता चाईना महिला टिमले लिएको समय स्कोरलाई उछिन्दै सानदार जित हाँसिल गर्न सफल रह्यो ।

विश्वको चर्चित खेलाडीहरुले सहभागी जनाउने उक्त प्रतियोगितामा पुरुष तर्फ नेपालबाट पुर्न तामाङ, समिर तामाङ, उत्तम खत्री र सुमन कुलुङको टिमले सय किलोमिटरको दुरी ११२ घण्टा एक मिनेट ३२ सेकेण्डमा पार गरि दोस्रो भएका हुन् । यस दौडमा पहिलो भने उक्त दुरी ११ घण्टा ५३ मिनेट ३५ सेकेण्डमा पार गर्दै स्वीजरल्याण्डको गन रनिङ टिम भयो ।

यस्तै महिला खेलाडी तर्फ नेपालबाट गएको प्रसिद्ध धाविका मिरा राईको नेतृत्वमा गएको टिम धादिंगकी रशिला तामांग, जुम्लाकी सुनमाया बुढा, सोलुखुम्बुकी छेची शेर्पा (राई), ओखलढुङ्गाकी छोकी शेर्पा प्रतिस्पर्धाले १०० किलोमिटर दुरी १६ घण्टा ३० मिनेटमा दुरी पार गरि सानदार जित हात पारेको छ ।

गत वर्ष महिला तर्फको च्याम्पियन चिनियाँ महिलाहरुको टिम नटर्स रिटर्न पिटि लाम, ओलिभिया लुक र इडिथ फुङको टिमले १०० किलोमिटरको निर्धारित दुरी १८ घन्टा १३ मिनेटमा पार गरी प्रथम भएका थिए ।

अहिलेसम्म १ लाख भन्दा बढी खेलाडीहरुले सहभागीता जनाई सकेको उक्त प्रतियोगिता वर्षेनी हङकङ सहित ९ राष्ट्रका १६ शहरमा आयोजना गर्ने गरिएको छ ।

नेपाली खेलाडीलाई खेलका लागि हङ्कङ प्रस्थान गर्ने बेलामा बालाजु कराते-डो प्रतिस्ठान, नेपालका अध्यक्ष ध्रुब बिक्रम मल्ल, उपाध्यक्ष बलराम मित्र, पृथी बहादुर श्रेष्ठ, सदस्य रामकुमार श्रेष्ठ र Trail Running Nepal र Mira Rai Initiative का मेनेजर प्रिती खत्री र प्रोग्राम मेनेजर आशिष मिश्रले सफलताको शुभकामना दिदै बिदाई गरेका थिए ।