स्थानियको पहलमा मार्पाक–काठमाडौ सिधा बस सेवा संचालन

Avatar photo
Dhadingpost
मंसिर १, २०७५

धादिङ  मंसिर १ । नेत्रावती डब्जोङ गाउँपालिका स्थित साविको मार्पाक गाविसबाट मार्पाक देखि काठमाडौ सिधा यात्रुबहाक बस सेवा संचालन हुने भएको छ ।

मार्पाकका स्थानियहरु र धादिङ यात्रायात बस संचालकहरु बीच शनिबार माछापोखरीमा बसेको वैठकले विभिन्न सर्त र सेवा प्रदान गर्ने गरि मार्पाक देखि काठमाडौं सिधा बस संचालन गर्ने सहमति भएको मार्पाकका स्थानिय काजीराम अधिकारीले बताए ।

भाडा दर, सिट क्षेमता भन्दा बढी सिट राखेर संचालनमा आएको जीपको विरोधको आवाजले मिडिया कभरेज भएपटि उत्तरी धादिङमा धमाधम बस संचालनमा आउन थाले सँगै पछिल्लो समय मार्पाकमा बस संचालन आउन लागेको हो ।

मार्पाकबाट चल्न लागेको उक्त बसको लागी काठमाण्डौ, माछापोखरी, धादिङबेसी, लपाङ्गफेदी, निमार्चोक, हटियाछाप, मार्पाक, मिलनबजार, मार्पाक, पोखरा मा टिकट पाईने गरि व्यवस्था समेत मिलाईएको स्थानिय काजीराम अधिकारीले बताए ।