
धादिङ कार्तिक २८ । धादिङको उत्तरी क्षेत्रका यात्रुहरुको मागलाई ध्यान दिँदै ग्रामिण यातायात प्रा. लि. धादिङले काठमाडौ देखि डुण्डुरे सम्म बस संचालनमा ल्याएको छ ।
उत्तरी धादिङमा अवैद्ध रुपमा जीपहरुले धादिङबेसी देखि तिप्लिङ सडक खण्डको डुण्डुरे सम्मको भाडा १२०० सय सम्म लिने गरेको संचार माध्यामहरुमा खवर प्रकाशित भए सँगै उत्तरी क्षेत्रका यात्रुहरुलाई सहज हुने गरि बस संचालन गर्न सुरु गरेको ग्रामिण यातायात प्रा. लि. धादिङका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।
हामीले काठमाडौबाट सिधै डुण्डुरे सम्म जम्मा ६ सय ५० मै यात्रुहरु बोक्ने छौ । हाललाई डुण्डुरेबाट १ र काठमाडौबाट १ वाट बस छुट्ने भएपनि यात्रुको चाप हेरि बसहरु थपिने अध्यक्ष अधिकारीले बताए ।
माप डण्ड विपरित ६ सिट क्षमताको जीपले ८ सिट सम्म र १० सिटलाई १६ सिट सम्म बनाएर संचालन गरि रहेका थिए । भाडा चर्को लिन थालेसि आक्रोसित बनेका उत्तरी क्षेत्रका स्थानियहरुले ग्रामिण यातायात प्रा. लि. धादिङले बस संचालन सुरुगरे सँगै यातायात क्षेत्रमा देखिएको जीपको सिण्डिकेट तोडिएको प्रति खुसि व्यक्त गरेको रुबीभ्यालीका स्थानिय बिमल तामाङ बताउँछन् ।
