उत्तर कोरियाले ग्रामिण क्षेत्रमा गोप्य क्षेप्यास्त्र अगाडि बढाइरहेछ, अमेरिका

Avatar photo
Dhadingpost
कार्तिक २८, २०७५

एजेन्सी, कार्तिक २८ । अमेरिकी आधारित एउटा थिङ्क ट्याङ्कले आफ्नो नयाँ प्रतिवेदनमा उत्तर कोरिया आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको उल्लेख गरेको छ ।
‘ती ब्यालिस्टिक क्षेप्यास्त्र सञ्चालन हुने आधारहरु साना छन्, देशभरी फैीलएका छन् र केही भने साँघुरो हिमाली उपत्यकामा रहेका छन्,’ सोमबार प्रकाशित भएको उक्त प्रतिवेदनमा भनिएको छ । हालसम्म ती दावीहरु स्वतन्त्ररुपमा भने पुष्टि भएका छैनन् ।

उसले दजर्नौ साना अघोषित त्यस्ता आधारहरु फेला पारेको बताएको छ ।

सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेश्नल स्टडीज सिएसआइएसले सेलाइटबाट लिइएको तस्वीरको विश्लेषणमा आधारित रहेर सन्दिग्ध २० गोप्य त्यस्ता स्थलहरुमध्ये १३ वटा स्थलहरु देशको दुर्गम हिमाली क्षेत्रहरुमा रहेको बताएको छ ।

यो नयाँ खोजले पियोङग्याङ र वासिङटनबीचको वार्ताले अतुलनीय सफता हासिल गरिरहेको भन्ने डोनाल्ड ट्रम्पको दृढ कथनप्रति आशंकाहरु जन्माएको छ ।