एजेन्सी, कार्तिक २७ । बंगलादेशको निर्वाचन प्रशासनले अर्को महिना हुने भनिएको आम चुनावलाई डिसेम्बर ३० को लागि सारेको छ ।
देशको प्रमुख प्रतिपक्षी गठबन्धनले चुनाव मिती एक महिनापछिलाई सार्न आग्रह माग गरेपछि त्यहाँ एक हप्ता पर मिती सारिएको हो ।
जेल सजाय काटिरहेकी पूर्व प्रिमियर खालिदा जियाले नेतृत्व गर्दै आएको बंगलादेशको प्रमुख प्रतिपक्षी दल बिएनपीले आइतबार आफुपनि अर्को महिनामा हुने आम चुनावमा सहभागी हुने बताएको थियो । उसले यस अघि प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगले चुनावमा चलखेल गर्ने डरले २०१४ को आम चुनावलाई बहिष्कार गरेको थियो ।
आगामी ११ औं आम चुनाव बंगलादेशभरी एकैपटक सम्पन्न हुनेछ ।
गत हप्ता बंगलादेशको निर्वाचन आयोगले त्यहाँको आम चुनाव डिसेम्बर २३ मा आयोजना हुने बताएको थियो ।
यो चुनावमा खालिदा जियाको दल बिएनपीले नयाँ स्थापना भएको नेश्नल युनीटी फ्रन्ट एनयुएफसँग गठबन्धन गर्नेछ ।
