सरसफाइले धादिङबेसीको मुहार फेरियो (फोटो फिचर)

Avatar photo
Dhadingpost
कार्तिक २१, २०७५

धादिङ कार्तिक २१ । धादिङबेसीको मुहार नै परिवर्तन हुने गरि सरसफाई गरिएको छ ।

दिपावलीले भिलिमीली बनेको सदरमुकाम झिँगु नेवा: समाज धादिङले नेपाल सम्बतको अबसरमा आयोजना गरेको सरसफाई बृहत अभियानले सदरमुकाम धादिङबेसीको मुहार नै फेरिएको हो ।

तीन दिने विविध कार्यक्रम गरि नेपाल सम्बत ११३९ मनाउने क्रमममा बुधबार दोस्रो दिन धादिङ बेसीमा रहेको विभिन्न टोल सुधार समितिहरुले आफ्नो टोलमा सरसफाई गरेका थिए ।

कस्को टोल बढी अकिर्षत देखिन्छ अनुगमन टोलि समेत गठन गरि सरसफाइ अभियान गरिएकोले धादिङबेसीको सुन्दरतामा निखरता पन ल्याउने गरि सरसफाई भएको मुल आयोजक समितिका संयोजक गोविन्द कुमार श्रेष्ठले बताए ।

११३९ औं नेपाल सम्बत्को अवसरमा कार्तिक २२ गते बिहान ७ बजे धादिङबेसी पुछारबजारमा सगुन ग्रहण तथा ८४ वर्ष पुगेका सबै जातजातीका जेष्ठ नागरिकहरु सहभागि ई रिक्सा सहित प्रभात फेरि प्रारम्भ साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने छ ।

र्यालीमा झिँगु नेवाः समाजको विशेष कला कौशल र रितिरिवाज झल्कने बाजा गाजा प्रदर्शनी हुने समाजसेवी नारायण कुमार श्रेष्ठले बताए ।धादिङपोष्टका लागि तस्बीरः नारायण कुमार श्रेष्ठ