
धादिङ कार्तिक १९ । धादिङबेसी स्थित जिल्ला अस्पतालमा रहेको भिडियो एक्स रे मेशिन नचल्दा गर्भवती महिलाको स्वास्थ्य चेक जाँचमा निकै अफ्ठ्यारो परिरहेको जानकारी दिँदै अखिल क्रान्तिकारी नीलकण्ठ क्याप्पसले प्रमुख जिल्ला अधिकारी (सिडियो) भगिरथ पाण्डेयको ध्यानाकर्षण गराएको छ ।
गत साउन देखि भिडियो एक्स रे चलाउने प्राविधिक नभएकोले जिल्ला अस्पताल सँग भएको एक मात्र अत्याधुनिक भिडियो एक्स रे मेहिन थन्किएर बसेको जनाउँदै गजेन्द्र गुरुङ लगायतका अखिल क्रान्तिकारी नेताहरुले (सिडियो) पाण्डेयको ध्यानाकर्षण गराएका हुन् ।
धादिङ अस्पतालमा भिडियो एक्सरेको मेशिन हुँदा हुँदै पनि हजारौं रोगी, बिरामी, तथा विशेषगरि गर्भवती महिलाहरुलाई सास्ती भैरहदा, स्थानीय सरकार तथा सम्बन्धित निकायले ब्यवास्ता गरेको प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको गजेन्द्र गुरुङले धादिङपोष्टलाई बताए ।

