मेस्सीले इन्टर मिलानविरुद्धको खेल खेल्ने

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७५

एजेन्सी, कार्तिक १९ । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनेल मेस्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत भोली ‘मंगलवार’ हुने इन्टर मिलानविरुद्धको खेलमा मैदानमा उत्रने भएका छन् ।

चोटपछि कम्तीमा तीन साता खेल गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका हुन् ।

सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर थिए । तर, मंगलवार हुने खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका हुन् ।