काठमाडौं, कार्तिक १९ । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल प्रवेश गरेको छ ।
शनिबार भएको प्लेअफ खेलमा हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पाराजित गर्दै चितवन फाइनलमा पुगेको हो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९ ओभर ३ बलमा ९४ रनमा समेटिएको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ३० रन जोडे भने जय किशन काल्शावालाले २५ रन जोडे । काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरा रंगशालामा काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य पच्छाएको चितवनले १८।२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । चितवनका लागि स्मीथ पटेलले ३८ रन बनाए भने हरिशंकर शाहले २६ रन बनाए ।
चितवनले अब फाइनलमा मंगलबार घरेलु टोली पोखरा पल्टनसँग खेल्नेछ ।
काठमाडौंलाई सस्तैमा समेट्न चितवनका लागि सन्नी पटेलले ३ विकेट लिए । यस्तै स्मित पटेल र भुवन कार्कीले २र२ विकेट लिए ।
