आज काग तिहार

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७५

धादिङ कार्तिक १९ । नेपालीहरुको दोश्रो ठुलो पर्व तिहारको सुरु आज पहिलो दिन काग तिहार ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार एवम् यमपञ्चकको आज काग तिहार सँगै सुरुभएको हो ।

वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । काग अत्यन्तै चलाख पंक्षी हो । काग सर्वभक्क्षी भएका कारण अन्नवालीमा लाग्ने किरा फट्याङग्राहरु खाइदिने साथै कागलाई यमराजका सन्देश सुनाउने यम दुतको रुपमा पनि दिइन्छ ।

काग यमराजको अत्यन्त प्रिय भक्त भएको कारण र काकवली काकगवेषण काकन्याय भएकोले काग तिहार मनाउने चलन रहँदै आएको छ ।

यमपञ्चक अन्तर्गत भोलि कुकुर तिहार, पर्सी औँसीका दिन लक्ष्मीपूजा, कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हपूजा एव‌ं कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।