
धादिङ, कार्तिक १८ । धादिङबेसी स्थित पुछारबजार चोकमा मृगौला पिडितका लागी सहयोगार्थ तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
गंगाजमुना गाउँपालिका वडा नं.६ निवासी विष्णु घलेको दुवै मृगौला फेल भएर उपचार हुन नसकि रहेको बेला उनलाई बचाउन लेट्स स्वयं डान्स एकेडेमीले कार्तिक २२ गते तिहार विशेष साँस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
आर्थिक अवस्था कम्जोर भएका कारण दुवै मृगौला फेल भएका विष्णु घलेलाई सहयोग गर्न हामीले साँस्कृतिक कार्यक्रम आयोजना गरेका हौं, सकेको सहयोग गरौ र तिहारको माहौलमा मनोरञ्जन दिऔं भनेर कार्यक्रम आयोजना गरिएको डान्स एकेडेमीका अध्यक्ष विश्वस घलेले धादिङपोष्टलाई बताए ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा सबैलाई निमन्त्रणा गर्दै अध्यक्ष घलेले सामाजिक काममा सहयोग गर्दै आएको लेट्स स्वय डान्स एकेडेमीको हौसलाका लागि पनि कार्यक्रम भव्य र सभ्य बनाईदिन आग्रह गरेका छन् । घलेका अनुसार २२ गते दिनको ३ बजेदेखि साँझ १० बजे सम्म उक्त साँस्कृतिक कार्यक्रम हुने छ ।
