काठमान्डौ कार्तिक १६ । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा रंगशालामा आज पनि दुई खेल हुँदै छन् ।
पहिलो खेलमा घरेलु टोली पोखरा र धनगढी एक्स्पर्टबीच खेल हुनेछ । त्यस्तै आजको दोस्रो खेलमा बुटवल र काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेलमा संलग्न चारै टोलीलाई प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई मजबुती दिन जित्नै पर्ने दबाब रहेकोछ ।
