
धादिङ कार्तिक १५ । प्रयास नेपालले धादिङको दक्षिणी क्षेत्रमा पर्ने बेनिघाटरोराङ गाउँ पालिका वडा नं. १ मा रहेको जरुङ, सिमटार, बुन्दी सहित ५ वटा बिद्यालय भवन र बाँसखर्क जरुङ खानेपानी योजना हस्तान्तरण गरेकाे छ ।
जरङ सिमटार अाधारभुत बिद्यालयमा भएकाे उक्त कार्यक्रममा बेनिघाट राेराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकाेटिकाे प्रमुख अातित्थ्यता रहेकाे थियाे ।
हस्तान्तरण कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख डल्लाकाेटिले ग्रामीणबस्तिमा विशेष याेजना बनाई स्वास्थ्य र शिक्षामा सेवा गरेकाेमा प्रयास नेपाललाई विशेष धन्यावाद दिएका थिए । फाेटाे: साैजन्य दामाेदर अर्याल


