अमेरिकी मिडियाहरुमाथि आक्रमण

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७५

एजेन्सी, कार्तिक १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मिडियाहरुमाथि अर्को वाक् आक्रमण गरेका छन् ।

मध्यावधी चुनावको एकहप्ता अघि फ्लोरिडाको र्‍यालीमा बोल्दै उनले तीन चौथाई अमेरिकीहरुले मिडियालाई मानिसको दुश्मन मान्ने बताए ।

आलोचकहरुले उनलाई प्रतिपक्षी, मिडिया, आप्रवासी तथा मुस्लिमविरुद्ध विभाजित र चरम अभिव्यक्ति दिएर हिंसा भड्काएको आरोप लगाएका छन् ।

तर उनले आफ्नो त्यस्तो अभिव्यक्तिलाई समर्थन गर्ने कुनै किसिमका प्रमाणहरु भने दिएनन् ।