काठमाडौं, कार्तिक १४ । यो विश्वकै ठूलो विमानस्थल हो । भर्खरै बनेको हो । पूर्ण रुपमा सञ्चालनमा समेत आएको छैन । यो विमानस्थल टर्कीमा छ ।
टर्कीले आफ्नो ९५औँ स्थापना दिवसको अवसर पारेर विश्वकै सभैभन्दा ठूलो विमानस्थल सोमबार सञ्चालनमा ल्याएको हो ।
राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५औँ स्थापना दिवसको अवसर पारेर यो विमानस्थलको उद्घाटन गरेका हुन् ।
करिब १२ बिलियन (१२ अर्ब) डलरमा विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । आगामी डिसेम्बरबाट पूर्ण रुपमा सञ्चालनमा आउने यो विमानस्थललाई निकट भविष्यमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल हुने विश्वास गरिएको छ ।
विमानस्थलको टलिप आकारको कन्ट्रोल टावारले सन् २०१६ मा बर्लिनमा भएको विश्व अर्किटेक्चरल फेस्टिभलमा ‘फ्यूचर प्रोजेक्ट–इन्फ्रास्ट्रकचर’ पुरस्कार जितेको थियो ।
७ करोड ६५ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलबाट दैनिक दुई लाख यात्रुहरु आवातजावत गर्न सक्ने टर्किस अधिकारीहरुले बताएका छन् ।
