एड्भान्सको खेल उत्सव सुरु

Avatar photo
Dhadingpost
कार्तिक १२, २०७५

अमृत तामाङ,
धादिङबेसी कार्तिक १२ ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीले दशैं र तिहारको बीचमा खेलकुद उत्सव मनाउन सुरु गरेको छ ।

जिल्लाका अधिकाँश विद्यालयहरु दशैं र तिहारको बीचको समयमा विद्यालय बन्द गरिए पनि एड्भान्स एकेडेमीले विद्यार्थीहरुका लागि आईतबार देखि साता ब्यापी खेलकुद उत्सव सुरु गरेको हो ।

एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठका अनुसार यो एक साता प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई विद्यार्थीको तहगत रुपमा खेलका विधाहरु छुट्यार खेलकुद उत्सव मनाउन सुरु गरिएको हो ।

हामीले विद्यार्थीहरुलाई उनीहरुको शारिरीक अवस्था अनुसार सबै खेलहरुमा सहभागि बनाउने गरि उत्सव सुरु गरेका छौ, जसले विद्यार्थीहरुको खेलकुद विधालाई उजागर र कुन विद्यार्थी कुन खेलको लागि अब्बल छ, त्यहि खेलका लागि अवसर दिन अभिभावकरुलाई समेत जानकारी दिने श्रेष्ठ बताए ।