नेपाल टुरमा रहेको विश्वकपको ट्रफी सार्वजनिक

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७५

काठमाडौं, असोज ११ । नेपाल टुरमा रहेको विश्वकपको ट्रफी आइतबार काठमाडौंस्थित चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।

अइसिसीका अनुसार शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई सोमबार नेपालबाट लगिने छ । ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ ।

आजै ट्रफी प्रधानमन्त्री र सर्वसाधारणलाईसमेत देखाउने कार्यक्रम रहेको छ । यस्तै ट्रफीलाई भोली वसन्तपुर लगिने कार्यक्रम छ । यस अघि शुक्रबार बेलुका ट्रफि काठमाडौंको स्वयम्भुमा सार्वजनिक गरिसकिएको छ भने शनिबार पोखरामा सार्वजनिक गरिएको थियो ।

विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ ।

शुक्रबार नेपाल ल्याइएको ट्रफी आज चन्द्रागिरीमा सार्वजनिक गरिएको हो । नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् ।