काठमाडौं, कार्तिक ११ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्स भीड्दै छन् ।
आज विराटनगरले टस जितेर बलिङ रोजेको छ ।
पहिलो खेलमा दुवैले पराजय भोगेका छन् । आज दुवै टिमको लक्ष्य पहिलो जित दर्ता गर्ने हुनेछ । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् । भने, धनगढीको कप्तानी दिपेन्द्रसिंह ऐरीले ।
