धादिङबेसी आउँदै रेखा थापा र मोटिभेटर नरबहादुर

Avatar photo
Dhadingpost
कार्तिक ९, २०७५

धादिङबेसी कार्तिक ९ । धादिङबेसीमा कार्तिक १३ गते नेपाली सिनेमा जगतकी अभिनेत्री रेखा थापा र अन्तराष्ट्रिय स्तरका मोटिभेटर नरबहादुर कार्की धादिङबेसी आउने भएका छन् ।

अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा केन्द्रित फिल्मको रुपमा रहेको मालिका फिल्मको च्यारेटी सो को लागि यी दुई अभिनेत्री रेखा थापा र अन्तराष्ट्रिय स्तरका मोटिभेटर नरबहादुर काकी धादिङबेसी आउने भएका हुन् ।

विश्वको सय प्रभावशाली कोचहरुमा नेपालका नरबहादुर कार्की पनि एक हुन् । समाज परिवर्तनका अभियन्ता कार्कीको नाम वल्ड एच आर अमेरिकी कंग्रेसले छानेको हो । उनले हालसम्म नेपालका ६५ जिल्लाका २ लाख भन्दा बढी मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिएका छन् । उनी समेत धादिङ आउने भए सँगै टिकटको माग बढेको अमृत तामाङ बताउँछन् ।

कार्तिक १३ गते च्यारेटी सोको लागि टिकट बुकिङ सुरुहुन थालेको छ । टिकट धादिङबेसी स्थित तामाङ डिजीटल फोटो स्टूडियोबाट वितरण सुरुभएको आयोजकले बताएको छ ।

चलचित्र ‘मालिका’को ट्रेलर बूढा सुब्बाको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको हो । रेखा फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई रेखा थापाकै आमा सरस्वती थापाको निर्माण तथा तथा नरबहादुर कार्की कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायाङ्कन र सुरेश अधिकारीको सङ्गीत रहेको छ । बालविवाह र महिला हिंसाको कुरालाई उठान गरिएको फिल्म काठमाडौँ उपत्यका सहित जाजरकोट बनेपा, बाँकेका लगायत क्षेत्रमा छायांकन गरिएको हो ।