
विकास भण्डारी
धादिङ कार्तिक ९ । धादिङको थाक्रे गाउपालिका वडा नं ७ माटीगाउँ निवासी एक युवा मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजि बर्ष २२ का मृतक रबिन चेपाङ आफ्नै घरमुनी बारीको पाटामा उत्तानो परेर लडि रहेको अवस्थामा फेला परेका थिए । हत्या या आत्म हत्या अनुशन्धान सुरुभएको जिल्ला प्रहरी कार्यालय धादिङ जनाएको छ भने मृतक रबिनका परिवारले यसलाई हत्या भएको दावी गरेका छन् ।
प्रहरीले अनुशन्धानका लागि शंकास्पद ६ जनालाई हिरासतमा लियर अनुसन्धान सुरुगरेको बताईएको त भने मृतक रबिन चेपाङको सबलाई पोष्टमाटम को लागि टिचिङ हस्पिटल पठाईएको छ ।
